पोखरा–२८ तरुण दल अध्यक्षमा सन्तोष वास्तोला

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाल तरुण दल पोखरा महानगर–२८ मा सन्तोष वास्तोलाको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ । वडा भेलाले वास्तोलाको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा नरेस सुनार, धनश्याम तिवारी, अशोक तिमिल्सेना , सन्तोषजंग गौतम र पुष्पराज कडेंल चयन भएका छन् । सचिवमा शुरेस आचार्य र विष्णु प्रसाद पौडेल, सह–सचिवमा दिपेन्द्र वास्तोला र सन्तोष तिवारी चयन भएका छन् । कोषाध्यक्षमा शुशिल वास्तोला चयन भएको पोखरा–२८ का कांग्रेस नेता जिवन तिवारीले जनाकारी दिए ।

त्यस्तै सदस्यहरुमा ४० जना चयन भएका छन् ।

तरुण दल सभापति सिताराम तिवारीको अध्यक्षतामा भएको भेलामा नेपाली कांग्रेस कास्कीका पूर्व सभापति, कृष्ण केसी, विकास लामा गुरुङ, श्रीकृष्ण लामिछाने, डाल्लादेवी भुजेल, कृतिबल्ललभ त्रिपाठी लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

  • ४ बैशाख २०७९, आईतवार ०७:१६ प्रकाशित