ओली राजावादीसंग मिले : प्रचण्ड

केन्द्रभाग मिडिया

नवलपरासी ।
सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राजावादीसँग मिलेको आरोप लगाएका छन् ।

माओवादी केन्द्रको पूर्वी नवलपरासी समितिद्वारा दलदलेमा शनिबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष ओलीको कडा आलोचना गर्दै यस्तो आरोप लगाएका हुन् ।

एमालेले राप्रपा नेपालसँग गरेको चुनावी तालमेललाई इंगित गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, ‘ओलीको असली रूप देखिहाल्नुभयो, राजावादीसँग मिलिसके। इतिहासमै मिल्नै नहुने शक्तिसँग गठबन्धन गर्दै हिँडेका छन्।’

अबको चुनावमा ओलीको हालत खराब हुने दाबी पनि प्रचण्डले गरे । यसैबीच उनले महानगर र उपमहानगरमा आफ्नो पार्टीलाई फाइदा हुने गरी आइतबार सत्ता गठबन्धनको बैठकले निर्णय गर्ने दाबी गरे।

  • ३ बैशाख २०७९, शनिबार १६:३० प्रकाशित