पोखराको मेयर र उपमेयर लागि एमालेमा भएन निर्वाचन, २१ जनाको नाम केन्द्रमा पठाउने

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एमाले पोखरा महानगर कमिटिले महानगरको मेयर र उपमेयरका आकांक्षी सबैको नाम केन्द्रमा पठाउने भएको छ । पोखरा महानगरको मेयर उपमयेर छान्न शुक्रबारका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । निर्वाचन मार्फत मेयर र उपमेयरमा ३÷३ जनाको नाम सिफारिस गर्ने भनिए पनि अन्तिम चरणमा आएर महानगर कमिटीले सबै आकांक्षीको नाम केन्द्रमा सिफारिस गर्ने भएको हो ।

निर्वाचन प्रक्रिया अन्तरगत महानगर कार्यलयमा मतदाताहरु भेला भइसकेका थिए । तर निर्वाचन प्रकृया अगाडी बढेन । सबै आकांक्षीको नाम पठाउने सहमति भएको एमाले पोखरा नगर कमिटीका अध्यक्ष दिलिप न्यौपानेले जानकारी दिए । निर्वाचन कार्यतालिका सर्वजनिक भए पछि पनि सहमति जुटाउन छलफल भएको थियो सहमति जुटेन ।

मेयर र उपमेयर पदका लागि प्रतिस्पर्धामा गण्डकी प्रदेशसभाका सांसद देखि व्यवसायी आकंक्षी छन् ।

एमालेको तर्फबाट पोखरा महानगर मेयरको लागि १२ र उपमेयरको लागि ९ जनाले  नाम दर्ता गराइसकेका छन् । प्रतिस्पर्धामा प्रदेश सांसद कृष्ण थापा, अर्का प्रदेश सांसद राजीव पहारी, प्राडा विश्वकल्याण पराजुली, रश्मी आचार्य, भीम कार्की, मीनाकुमारी गुरुङ, सावित्री भण्डारी, बालसिंह काउछा मगर, दीपक पौडेल, पुष्पराज अधिकारी, पुष्पज्योति ढुंगाना र दर्शन लामा छन् ।

त्यस्तै, उपप्रमुखमा शुष्मा पौडेल, शोभामोहन पौडेल, वामदेव ढुंगाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, देवका पहारी, जीवनप्रसाद आचार्य, बलराम गायक र बिनु  गुरुङ छन् ।

  • २ बैशाख २०७९, शुक्रबार १५:३१ प्रकाशित