राष्ट्रिय फुटबल टिमको प्रशिक्षण आजबाट : को को छन टिममा ?सूचीसहित

केन्द्रभाग मिडिया

काठमाडौं ।

एएफसी एसिया कप छनोटको तेस्रो चरणको तयारीका लागि आज शुक्रबारबाट नेपाली राष्ट्रिय टोलीले प्रशिक्षण सुरु गर्दैछन्। नेपाली टोलीले आज बिहान ९ बजेदेखि १०ः३० बजेसम्म दशरथ रंगशालामा प्रशिक्षण गर्नेछ ।

छनोटको समूह ए मा रहेको नेपालसँगै जोर्डन, कुवेत र इन्डोनेसिया छन् । तीनै टोली फिफा वरीयतामा नेपालभन्दा माथि छन् । छनोटको सबै खेल कुवेतामा हुनेछन् ।

नेपाली टोलीको मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले छनोटको लागि २५ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेका छन् ।

नेपाली टोलीको गोलकिपरमा किरणकुमार लिम्बू ९कप्तान०, दीप कार्की, विशाल श्रेष्ठ रहेका छन् ।

रक्षकमा अनन्त तामाङ, विकास खवास, देवेन्द्र तामाङ, दिनेश राजबंशी, गौतम श्रेष्ठ, रोहित चन्द, सुमन अर्याल, सुरजजिउ ठकुरी रहेका छन् ।

मिडफिल्डरमा आयुष घलान, मनिष डांगी, पुजन उपरकोटी, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन लामा, सुनिल बल, तेज तामाङ, एरिक विष्ट, विशाल राई रहेका छन् ।

स्ट्राइकरमा विमल घर्तिमगर, अन्जन विष्ट, दर्शन गुरुङ, नवयुग श्रेष्ठ रहेका छन् ।

  • २ बैशाख २०७९, शुक्रबार ०९:३१ प्रकाशित