एमालेले परिवार दलसँग पनि गर्‍यो चुनावी तालमेल

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेले नेपाल परिवार दलसँग पनि चुनावी तालमेल गर्ने भएको छ ।

आज (बुधबार) एमाले स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र नेपाल परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच निर्वाचनमा गठबन्धन गरेर जाने सहमति भएको हो ।

ती दुई दलबीच निर्वाचनमा गठबन्धन गर्ने ५ बुँदे सहमति भएको छ ।यसअघि एमाले र राप्रपा नेपालबीच पनि चुनावी गठबन्धनको लागि सहमति भएको छ । राप्रपा नेपाल एमालेको चुनाव चिन्ह सूर्यबाट लड्न तयार भएको छ ।

  • ३० चैत्र २०७८, बुधबार १५:४१ प्रकाशित