एमाले र राप्रपा नेपालबीच चुनावी गठबन्धन, सूर्य चिन्हबाट चुनाव लड्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमाले र राप्रपा नेपालबीच चुनावी गठबन्धन भएको छ ।

एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले ५ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।

सहमति अनुसार देशभर सम्भव गएको ठाउँमा एमाले र राप्रपा नेपालबीच तालमेल हुनेछ र राप्रपा नेपालका उम्मेदवारले पनि सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

राप्रपा नेपालले आफ्नो उम्मेदवार नभएको ठाउँमा नेकपा एमालेका उम्मेदवारलाई सघाउनेछ भने एमालेले पनि राप्रपा नेपालका उम्मेदवारलाई सघाउने सहमति भएको छ ।

  • ३० चैत्र २०७८, बुधबार १४:३७ प्रकाशित