विष्णु पौडेलले भने,‘एमाले एक्लै लड्छ एक्लै जित्छ’

केन्द्रभाग मिडिया

काठमाडौं।

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेले एक्लै लडेर एक्लै जित्ने दाबी गरेका छन् । आफुहरुले जनमतमा विश्वास गर्ने भन्दै एमालेलाई कसैको सहारा नचाहिने भन्दै उनले एक्लै लड्ने बताएका हुन्।

एमालेसँग सिंगल लड्न सकिँदैन भनेर अन्य दलले गठन्धन गरेर भागबन्डा गरिरहेको भन्दै उनले आफुहरुले गठबन्धनमा नभई जनमतमा विश्वास गर्ने भनाई राखे ।

नेता पौडेलले भने, ‘यो गठबन्धनले जानेकै यही भागबन्डा हो । उनीहरुसँग नेकपा एमालेसँग एक्लै लड्ने ह्याउ छैन । भागबन्डा गरेर उनीहरुले एमालेको जित र अग्रता स्वीकार गरिसकेका छन् । यो भागबन्डावादी गठबन्धन हो । उनीहरु लोकतन्त्रवादी, मार्क्सवादी, लेनिनवादी, माओवादी केही होइनन्, भागबन्डावादी हुन् । हामी गठबन्धनभन्दा जनमतमा विश्वास गर्छौं । हामी एक्लै लड्छौ, एक्लै जित्छौं ।’

नेता पौडेलले एमालेले योग्यता, इमानदारी, निष्ठा र लोकप्रियताका आधारमा उम्मेदवार चयन गर्ने पनि स्पष्ट पारे । साथै उनले स्थानीय तहको निर्वाचन सार्ने चलखेलप्रति आफ्नो होसियार रहेको बताए ।

  • ३० चैत्र २०७८, बुधबार १३:०८ प्रकाशित