कुलमानको आपत्ति : भने, ‘मेरो सहमति विपरीत तस्बिर राखियो’

केन्द्रभाग मिडिया

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माओवादीले चुनावी पोस्टरमा राखेको तस्बिरप्रति आपत्ति जनाएका छन् ।

चुनाव लक्षित पोष्टरमा नेकपा माओवादी केन्द्रले घिसिङको तस्बिर राखेर सार्वजनिक गरेको छ। सो पोष्टरमा सहमति बिना आफ्नो तस्बिर प्रयोग गरिएको भन्दै घिसिङले आपत्ति जनाएका हुन् ।

उनले भनेका छन् ,‘मेरो तस्बिर नराख्नु भनेको थिएँ । मेरो सहमतिविपरीत उहाँहरूले तस्बिर राख्नु भएछ । त्यसमा मेरो विमति छ ।’

यसअघि माओवादीले आफ्ना चुनावी प्रचार सामग्री अध्यक्ष दाहालका साथै माओ,लेनिनलगायतका तस्बिर राखे पनि यस पटक भने यसपाली भने अध्यक्ष प्रचण्ड , माओवादी नेता तथा अर्थमन्त्री जर्नादन शर्मा र विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङसमेतको तस्बिर राखेको हो ।

माओवादी अध्यक्ष दाहाल दोस्रो पटक प्रधानमन्त्री भएका बेला घिसिङलाई पहिलो पटक प्राधिकरणको कार्यकारी निर्देशक बनाइएको थियो ।

  • ३० चैत्र २०७८, बुधबार १०:३८ प्रकाशित