चुनावले ओझेलमा पर्‍यो खोप अभियान : १३ लाख खोप खेर जान सक्ने

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

स्थानीय तह निर्वाचन नजिकिदै जाँदा कोरोना विरुद्धको खोप अभियान ओझेलमा परेको छ ।

सर्वसाधारण नागरिकलाई चुनावी सरगर्मीले छुदाँ खोप लगाउन जानेको संख्या दिनप्रतिदिन घट्दै गएको छ । भने खोप अभियान सुस्त बनेको छ । यसरी खोप अभियान सुस्त हुँदा खोप खेर जाने सम्भावना बढेको छ ।

वैशाख १७ गतेसम्म जोनसोन र एस्ट्राजेनिकाको १३ लाख मात्रा खोप लगाइ नसके खोप खेर जाने भएको छ। खोपको म्याद सो अवधिसम्म मात्र भएकाले जसरी पनि वैशाख १७ सम्म खोप लगाइ सक्नुपर्ने बाध्यता छ । खोप सकाउन दैनिक ७६ हजार ४७१ जनालाई लगाउनै पर्ने भएको छ ।

यद्यपि पछिल्लो समय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क केलाउँदा कोभिड विरुद्धको खोप लगाउने दर क्रमशः घट्दै गएको छ ।
यसरी क्रमशः खोप लगाउनेको सङ्ख्या कम हुँदै गएको खण्डमा कोरोनाविरुद्धको खोप खेर जाने सक्ने सम्भावना प्रबल रहेको छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति व्यवस्थापनका अनुसार केन्द्रीय भण्डारण केन्द्रमा तीन लाख मात्रा र मात्रा प्रदेश र स्थानीय तहका खोप केन्द्रमा १० लाख जोन्सोन र एस्ट्राजेनिका खोप रहेको छ ।

स्वास्थ्य सेवा विभागका अधिकारीका अनुसार स्थानीय तहको चुनाव नसकिएसम्म खोप अभियानले तीव्रता पाउने सम्भावना कम छ । स्थानीय तहको चुनावतर्फ धेरैको ध्यान केन्द्रीत भएकाले खोप कार्यक्रम ओझेलमा परेको छ ।

  • ३० चैत्र २०७८, बुधबार १०:११ प्रकाशित