माओवादीको चुनावी पोस्टरमा कुलमान घिसिङको तस्वीर प्रयोग

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा माओवादी केन्द्रको चुनावी पोस्टरमा कुलमान घिसिङको तस्वीर राखिएको छ ।

माओवादीले जनतालाई आफुतर्फ आर्कषित गर्न निर्वाचनलाई लक्षित गरी बनाएको प्रचार सामग्रीमा नेपाल विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई प्रयोग गरेको हो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गरेको प्रचार सामग्रीमा कुलमानको तस्वीर प्रयोग गरिएको छ ।

चुनावी प्रचार सामग्रीमा प्रचण्ड र अहिलेका अर्थमन्त्री जनार्दन शर्मासँगै कुलमानको तस्बिर राखिएको छ ।पोस्टरको तलपट्टि अध्याँरोबाट उज्यालोको यात्रा भनेर लेखिएको छ।

शिरानमा माओवादीको चुनाव चिह्न राखिएको उक्त समग्रीमा राति बिजुली बनेको बिम्बात्मक तस्बिर पनि राखिएको छ ।

  • ३० चैत्र २०७८, बुधबार ०९:१८ प्रकाशित