विप्लवलाई ओलीको आह्वान :‘आरामसँग जित्ने हो भने सूर्य चिन्ह्रबाट चुनाव लड्न आउनुस’

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेकपा सचिव नेत्रविक्रम चन्द विप्लवलाई चुनाव सार्ने सत्ता गठबन्धनको मतियार नबन्न सुझाव दिएका छन् ।

आज ललितपुरमा आयोजित नयाँ वर्ष शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गठबन्धनले विप्लवलाई देखाएर चुनाव सार्ने षडयन्त्र गरिरहेको भन्दै विप्लवलाई सचेत गराएका हुन् ।

ओलीले भने,‘ ‘विप्लवजी षडयन्त्रको शिकार हुने खतरा देख्दैछौ, चुनाव लड्ने हो भने स्वतन्त्र रुपमा लड्नस । होइन भने तपाईँहरुका कार्यकर्ताले जित्ने ठाउमा उम्मेदवार उठाउनुस्, पार्टी तपाईंहरुकै रहन्छ, कार्यकर्ता तपाईंहरुकै रहन्छन्, तर सूर्य चिन्हबाट चुनाव लड्नुस् आरामसँग, जित्ने तरिका त्यो हो ’

  • २९ चैत्र २०७८, मंगलवार १७:०० प्रकाशित