निर्वाचन सफल बनाउन मिडियाको महत्वपूर्ण रोल हुन्छ : आयुक्त राणा

केन्द्रभाग मिडिया

पोखरा ।
निर्वाचन आयोगका आयुक्त सगुन शमशेर जङ्गबहादुर राणाले  सही सूचना दिनु मिडियाको दायित्व रहेको बताएका छन् ।
निर्वाचन आयोग नेपालले स्थानीय तह २०६९ को सन्दर्भमा पोखरामा आयोजना गरेको मिडिया अभिमुखिकरण कार्यक्रममा बोल्दै राणाले यस्तो बताएका हुन् । मतदाता शिक्षा देखि निर्वाचन सम्बन्धी यथार्थ सूचना सबैको पहुचमा पुर्याउनु मिडियाको दायित्व रहेको उनले बताए ।
पत्रकारले आचारसंहिता भित्र रहेर निर्वाचन सफल बनाउन लाग्नुपर्ने उनले  बताए । उम्मेदवार, राजनीतिक दललाई सचेत गराउने काम पनि मिडियाको रहेको उनले बताए ।

कार्यक्रममा प्रेस नेपाल पात्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले निर्वाचन रिपोटिङ सम्बन्धी प्रस्तुती, प्रेस काउन्सील नेपाल सदस्य दुर्गा भण्डारीले समाचारको विश्वसनियता र निर्वाचन आयोगकका उपन्यायाधिवक्ता गुरु वाग्लेले निर्वाचन आचारसंहिता वारे प्रस्तुती राखेका थिए ।

कार्यक्रममा विभिन्न सञ्चारमाध्यमा आवद्ध पत्रकारहरुको सहभागिता रहेको थियो ।

  • २९ चैत्र २०७८, मंगलवार १५:०१ प्रकाशित