मेयरको दौडमा छैनौं : पूर्वमन्त्री थापा र कांग्रेस कास्की सभापति बराल

केन्द्रभाग मिडिया

पोखरा ।
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता यज्ञबहादुर थापा र कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले आफूहरु पोखरा महानगरको मेयरको दौडमा नरहेको बताएका छन् ।

दुबै नेताहरुले आफूहरुलाई मेयरको दौडमा रहेको भन्दै आएका खवर प्रति आस्चर्य लागेको बताए । पूर्वमन्त्री थापाले आफू मेयरको दौडमा नरहेको र मेयरमा नउठ्ने प्रष्ट पारे । ‘म मेयरको दौडमा छैन । मेयरमा उठ्दिन’ उनले भने, ‘कसरी मेरा विषयमा चर्चा भइरहेको छ, त्यो थाहा भएन ।’

यसैगरी जिल्ला सभापति किशोरदत्त बरालले पनि आफू मेयरको दौडमा नरहेको प्रष्टिकरण दिएका छन् । केन्द्र खबरको जिज्ञासामा उनले आफू मेयरको दौडमा नरहेको प्रष्टिकरण दिएका हुन् । उनले आफ्नो दायित्व आफ्नो दलबाट उठ्ने उम्मेद्वारलाई जसरीपनि जिताउने रहेकाले त्यसैमा आफ्नो ध्यान केन्द्रित रहने सुनाए ।

आफूले कांस्की कांग्रेसको सभापति उठ्दा नै आफू सभापति रहँदा जनप्रतिनिधि नउठ्ने सार्वजनिक गरेको स्मरण गर्दै उनले कसरी म उठ्ने कुरा बाहिर आयो थाहा भएन’ भनेका छन् ।

  • २७ चैत्र २०७८, आईतवार २३:२२ प्रकाशित