३५ किलो गाँजासहित मकवानपुरबाट ५ जना पक्राउ

केन्द्रभाग मिडिया

प्रहरीले ३५ किलो लागूऔषध गाँजासहित ५ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले पूर्वपश्‍चिम लोकमार्ग सडकखण्डमा चितवन तर्फबाट हेटौडा तर्फ जाँदै गरेको बा ८ ख ८१०६ नं को यात्रुवाहक बसलाई चेकजाँच गर्दा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा राप्ती नगरपालिका– १ बस्‍ने ११ वर्षीय सरोज तामाङ, २५ वर्षीय सूर्यबहादुर स्याङ्गो, २८ वर्षीय होमनाथ मुक्तान, २५ वर्षीय यमराज मुक्तान र २४ वर्षीय एबीलाल तामाङ रहेका छन् ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

  • २७ चैत्र २०७८, आईतवार १४:१९ प्रकाशित