प्याराग्लाइडिङ च्याम्पियनसिपमा सागरको अग्रता, महिला तर्फ दुर्गा मया गुरुङ

केन्द्रभाग मिडिया

पोखरा ।

२० औं अन्तर्राष्टिय नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप अन्र्तगत आज खोलाडीले तेस्रो राउड पुरा गरेका छन् । तेस्रो राउण्ड पुरा गर्दा सोलो ओभरअलमा सागर जालारी प्रथम स्थानमा छन् । जलारीको १२ आंक छ । बिष्णु तिमिल्सिनाले १३ अंक र अमन थापाले १४ अंक पाएका छन् । तिमिल्सिना र थापा क्रमस द्धितिय र तृतिय स्थानमा समेटिएका छन् ।

टेण्डम ओभरअलमा इन्द्र नेपालीले ४२ अंक, नरेन रानाले ११८ अंक र बिकाश परियारले १८४ अंक सहित क्रमत प्रथम, द्धितिय र तृतिय स्थानमा समेटिएका छन् ।

त्यस्तै महिला तर्फ ओभरअलमा दुर्गा माया गुरुङले २०९ अंक, स्वस्तिका गुरुङले ३७५ आंक र विध्या राइले ६६१ अंक सहित क्रमस प्रथम, द्धितिय र तृतिय स्थानमा रहेको निर्णायक समितीका सह–संयोजक अनिल केसीले जानकारी दिए ।

खेलाडीले सराङकोट देखी टेक अफ गदै फेवा ताल किनार बुलौदीमा ल्याण्ड गर्ने छन् । ल्यण्ड गर्दा सेन्टर पोइन्ट तोकिएको छ । उक्त सेन्टर पोइन्टको जती नजिक खुट्टाले टर्च गर्न सक्यो त्यती कम अंक आउछ । अर्थात कम अंक ल्याउने खोलाडी विजेता बन्ने छ ।

सोले खेलमा ६ राउण्ड टेक अफ र ल्याण्ड गर्नुपर्ने छ भने, टेण्डम तर्फ ४ राउण्ड टेक अफ र ल्याण्ड गर्नु पर्नेछ । प्रतियोगिताको भोली समापन हुने आयोजक नेपाल हवाई खेलकुद संस्था (ना)ले जनाएको छ ।

प्रतियोगिता अन्र्तगत चैत्र २५ गते सांस्कृतिक भेष–भुषा सहित पाइलटहरुले कौशल पदर्शन गर्नेछन् भने सोही दिन प्रतियोगितामा निकै आकर्षक मानिने एक्रोवेटिक एयर शो समेत हुने आयोजकले जनाएको छ ।

एफएआईका अन्तर्राष्ट्रिय च्याम्पियनसिप, नेपालमा हुने प्याराग्लाइडिङ वल्ड कप तथा प्रि वल्ड कप र पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदका लागि तयारी स्वरुप पनि यो प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितामा सोलो ओभर अलतर्फ ३२ र टेन्डमतर्फ ३७ खेलाडीहरुले प्रतिष्पर्धामा छन् । सहभागी मध्य ८ महिला खेलाडी छन् ।

  • २४ चैत्र २०७८, बिहीबार १८:०६ प्रकाशित