दिपेन्द्र बने टी– २० मा एक हजार रन पुरा गर्ने पहिलो नेपाली खेलाडी

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल क्रिकेट टिमका अलराउन्डर दिपेन्द्र सिंह ऐरी टी–ट्वान्टी अन्तर्राष्ट्रियमा एक हजार रन पुरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी–ट्वान्टी सिरिजअन्तर्गत फाइनलमा पपुवा न्यूगिनीविरुद्धको खेलमा दिपेन्द्रले एक हजार रन पुरा गरेका हुन् ।उनले ३९ औं टी–ट्वान्टी खेलमा हजार रन पुरा गर्न सफल भए । एक हजार रन पुरा गर्न पीएनजीविरुद्ध दिपेन्द्रलाई २१ रनको आवश्यकता थियो ।

दिपेन्द्रले टी–ट्वान्टी अन्तर्राष्ट्रियमा एक शतक र चार अर्धशतक पुरा गरेका छन् । उनी एकै खेलमा सर्वाधिक १ सय १० रन बनाउने नेपाली खेलाडी पनि हुन् ।

  • २१ चैत्र २०७८, सोमबार १५:०८ प्रकाशित