दुवाथलनको पुरुष तर्प नेपालको कब्जा, महिला तर्फ जापानले जित्यो स्वर्ण

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरामा सम्पन्न एशिया ट्राइथोलन तथा दक्षिण एशियन च्याम्पियनसिप अन्र्तगत दुवाथलनको उपाधी पुरुष तर्फ नेपाल र महिला तर्फ जापानले जितेको छ ।

च्याम्पियनसिपको ५ किलोमिटर रनिङ्ग, २० किलोमिटर साईक्लिङ्ग र पुनः २.५ किलोमिटर रनिङ्गको दुरी पुरुष तर्फ हिमाल टमाटाले ४५ मिनट ५४ सेकेन्डमा पुरा गर्दै स्वर्ण जिते । टमाटालाई पछ्याउदै नेपालकै मानबहादुर थापाले ५५ मिनेट १ सेकेण्डमा दुरी पार गदै रजत र बसन्त थारुले ५८ मिनेट २५ सेकेण्डमा दुरी पार गदैँ कास्य पदक जिते ।

यस्तै महिला तर्फ जापानकी हिराकु फुकाओकाले सो दुरी १ घन्टा १ मिनट १० सेकेन्डमा पुरा गर्दै स्वर्ण जितीन् । भारतकी स्नेहाल जोशीले १ घण्टा ६ मिनट ५६ सेकेन्डमा दुरी पार गदैँ रजत र नेपालकी इन्द्रकला नेम्वाङ्गले १ घन्टा ७ मिनट ३३ सेकेन्डमा दुरी पार गर्दै कास्य पदक जितिन् ।

पदक जितेका नेपाली खेलाडीहरु एशियाली खेलकुदका लागि छनौट भएको आयोजक नेपाल ट्राईयाथलन संघले जनाएको छ ।

बिजयी खेलाडीहरुलाई गण्डकी प्रदेश साँसद एवं नेपाल ट्राईयाथलन संघका उपाध्यक्ष दीपक कोईराला, गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव एवं नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेज बहादुर गुरुङ्ग लगायतले पुरस्कार वितरण गरेका थिए ।

शनिबार ट्राइथोलन अन्तर्गतको स्प्रिन्ट विधाको पौडी ७५० मिटर, साईक्लिङ्ग २० कि.मि. र दौड ५ कि.मि.तर्फ प्रतिष्प्रर्धा सम्पन्न भएको थियो ।

  • २० चैत्र २०७८, आईतवार १४:१९ प्रकाशित