नाट्टाको अध्यक्षमा वामपन्थी गठबन्धनलाई हराउदैँ कांग्रेस निकट थापा विजयी : को -को भए विजयी ?(सूचीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् नाट्टाको अध्यक्षमा रमेश थापा विजयी भएका छन् ।

आज बिहान सम्पन्न मत परिणाम अनुसार अध्यक्षका अर्का प्रत्यासी एवम् कोशी टुर एण्ड ट्राभल्सका सञ्चालक विनय बस्नेतलाई पराजित गर्दै थापा विजयी भएका हुन । विजयी थापा मनसुन ट्राभल्स एण्ड टुर्सका सञ्चालकसमेत हुन् ।

यस्तै थापा प्यानलबाटै वरिष्ठ उपाध्यक्षमा कोलोम्बस ट्राभल्स एण्ड टुर्सका सञ्चालक प्रमोद ढकाल, उपाध्यक्षमा वर्ल्डवेज टुर्स एण्ड ट्राभल्सका सञ्चालक वरुण मेहता, महासचिवमा प्रिसियस ट्राभल्स एण्ड टुर्सका सञ्चालक कुमारमणि थपलिया विजयी भएका छन् । सचिवमा शाहस होलिडे इन्टरनेशनलका सञ्चालक युविका भण्डारी, कोषाध्यक्षमा वर्ल्ड फेभर ट्राभल्स एण्ड टुर्सका सञ्चालक राजकुमार देवकोटा विजयी भएका छन् ।

सहकोषाध्यक्षमा भने रियान ट्राभल्स एण्ड टुर्सका सञ्चालक गीता ढकाल (रेजु) निर्वाचित भएका छन् । ढकाल बस्नेतको प्यानलमा थिइन् ।

यस्तै कार्यसमिति सदस्यमा हिमालयन क्लब टुर्स एण्ड ट्राभल्सका सञ्चालक विष्णु पाण्डे, होलिडे एडभेञ्चर टुर्सका सञ्चालक ढकनाथ काफ्ले, अक्सफोर्ड ट्राभल्स एण्ड टुर्सका सञ्चालक नमराज भेटवाल, प्रिजेन्ट ट्राभल्सका सञ्चालक पर्शुराम घिमिरे, अस्विता इन्टरनेशनल ट्राभल्स एण्ड टुर्सका सञ्चालक रामशोभित नायक, इन्द्रा ट्राभल्स एण्ड टुर्सका सञ्चालक सवला भण्डारी, डालिमा टुर्स एण्ड ट्राभल्सका सञ्चालक डेन्डी शेर्पा र एएनटी होलिडेका सञ्चालक श्रद्धा जोशी विजयी भएका छन् ।

नाट्टाको बिहीबार सम्पन्न ५५ औं वार्षिक साधारणसभा एवं २३ औं निर्वाचनमा कांग्रेस निकट रमेश थापा र वामपन्थी निकट विनय बस्नेत प्यानलसहित प्रतिस्पर्धामा भएको थियो । देशभर दुई हजारभन्दा बढी टुर्स एण्ड ट्राभल्स भए पनि निर्वाचनका लागि ४४९ टुर्स एण्ड ट्राभल्सको सहभागिता थियो ।

  • १८ चैत्र २०७८, शुक्रबार ०९:३६ प्रकाशित