टी– २० : पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा

केन्द्रभाग मिडिया

काठमाडौं ।

त्रिकोणात्मक टी– २० अन्तर्राष्ट्रिय श्रुखला अन्तर्गत भएको खेलमा पपुवा न्युगिनीलाई दोस्रो पटक हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ।
घरेलु मैदानमा आज बिहीबार भएको खेलमा पीएनजी ३७ रनले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

त्रिवि क्रिकेट मैदानमा नेपालले जितका लागि दिएको २०४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १६६ रन बनाउन सक्यो । पीएनजीका लागि कार्लेश अमिनले ६२ रनको अर्धशतकीय पारी खेले । ४७ बल खेलेका उनले ९ चौका प्रहार गरे ।

त्यस्तै टोनी उराले ४३ रन बनाउँदा सेसे बाउटले २५ रनको योगदान गरे । बलिङतर्फ नेपालका लागि करण केसीले सर्वाधिक पाँच विकेट लिए । त्यस्तै सोमपाल कामी र अविनास बोहराले दुई–दुई विकेट लिए ।
त्यस्तै कप्तान सन्दीप लामिछानेले एक विकेट लिएका थिए । यसअघि उद्घाटन खेलमा पनि नेपालले पीएनजीलाई हराएको थियो ।

  • १७ चैत्र २०७८, बिहीबार १६:३९ प्रकाशित