कांग्रेस महामन्त्रीद्धय थापा र शर्मा पोखरा आउने

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा चैत्र १८ गते पोखरा आउने भएका छन् । नेपाली लेखक संघको सातौं राष्ट्रिय अधिवेशन उद्घाटनका लागि महामन्त्रीद्वय पोखरा आउन लागेका हुन् ।

चैत १८ र १९ गते संघको अधिवेशन हुदैँछ । अधिवेशन आयोजक समिति संयोजक डा. रत्नमणि नेपालले अधिवेशनमा साहित्य र संस्कृति सम्वन्धित पाँच विधामा छलफल गरिने जानकारी दिए ।

चैत्र १९ गते बेगनासतालमा पर्यटन साहित्य कार्यक्रम हुने संघले आज पोखरामा गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

  • १६ चैत्र २०७८, बुधबार १८:२१ प्रकाशित