स्थानीय तहमा ठेकेदार उम्मेदवार बन्न नपाउने

केन्द्रभाग मिडिया

काठमाडौं ।

स्थानीय तहको निर्वाचनमा ठेकेदार उम्मेदवार बन्न नपाउने भएका छन् । निर्वाचन आयोगले स्थानी तहमा ठेकदारलाई उम्मेदवार बन्न कडाइ गर्ने भएको हो ।

आयोगले स्थानीय तहको निर्वाचनको उम्मेदवारले स्वघोषणा गर्नुपर्ने १९ बुँदा तय गरेको छ, जसमा कुनै स्थानीय तहको ठेक्कापपट्टा वा चलअचल सम्पत्तिसम्बन्धी व्यवहारमा संलग्न नरहेको स्वघोषणा गर्नुपर्ने उल्लेख छ ।

आयोगका अनुसार आफूले उम्मेदवार हुने स्थानीय तहमा निर्माण र आपूर्तिका कुनै ठेक्का नलिएको व्यक्ति मात्र उम्मेदवार बन्न पाउनेछ ।

‘आयोगले नेपालको संविधान तथा निर्वाचनसम्बन्धी प्रचलित कानुनी व्यवस्था समेतको आधारमा स्थानीय तह निर्वाचनमा उम्मेदवार हुने प्रचलित कानुन बमोजिम योग्यता पुगेको कुनै पनि व्यक्तिले मनोनयन दर्ता गर्दा स्वघोषणा गर्नुपर्ने र आफूले गरेको स्वघोषणाप्रति उम्मेदवार स्वयं जिम्मेवार हुनुपर्ने नयाँ व्यवस्था गरेको छ’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

  • १६ चैत्र २०७८, बुधबार १६:४१ प्रकाशित