टी–२० : घरेलु मैदानमा नेपालको लगातार दोस्रो जित

केन्द्रभाग मिडिया

काठमाडौं ।

त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।

आज भएको दोस्रो खेलमा नेपालले आसिफ शेखको अर्धशतकको सहयोगमा मलेसियामाथि सहज जित निकालेको छ । बुधबार भएको खेलमा नेपालले मलेसियामाथि ६ विकेटको जित निकालेको हो ।

त्रिवि क्रिकेट मैदानमा मलेसियाले जितका लागि दिएको ११५ रनको लक्ष्य पछ्याएको नेपालले १३ ओभर ४ बलमा ४ विकेट गुमाउँदै ११७ रन बनायो । नेपालका लागि आसिफ शेखले ५७ रनको अर्धशतकीय पारी खेले ।

३८ बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरे । आसिफलाई सायद अजिजले क्याच आउट गराए ।नेपालका लागि दिलीप नाथले १५ रन बनाउँदा कुशल मल्लले २ रन बनाए ।

लगातार दोस्रो जितपछि नेपालको फाइनल पुग्ने सम्भावना बलियो भएको छ । यसअघि पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीलाई १५ रनले पराजित गरेको थियो ।

  • १६ चैत्र २०७८, बुधबार १६:२७ प्रकाशित