एमालेले माग्यो लुम्बिनीका मुख्यमन्त्री कुलप्रसादको राजीनामा

केन्द्रभाग मिडिया

काठमाडौं ।

घोटाला गरेको भन्दै नेकपा एमालेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनाको माग गरेको छ । लुम्बिनी प्रादेशिक अस्पतालको भवनको ठेक्कामा सेटिङ गरेको भन्दै एमाले संसदीय दलले मुख्यमन्त्री केसीको राजीनामा मागेको हो ।

१२०० शय्याको १० तले अस्पताल भवन बनाउन करिव डेढ अर्ब घोटाला गर्ने गरी स्पेसिफिकेसन बनाएर ठेक्का लगाइएको थियो । सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का प्रक्रियामा त्रुटि भेट्टाएपछि १४ चैतमा ठेक्का रद्द गरिएको थियो ।

पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरेले राजीनामा दिएका छन् । तर ठेक्का प्रक्रिया रद्द र कार्यकारी अधिकृतको राजीनामाले सरकारको कुनियत हट्न नसक्ने एमालेको ठहर छ ।

अब केसी मुख्यमन्त्री पदमा बसिरहन नैतिक रुपमा नमिल्ने एमालेले बताएको छ ।

  • १६ चैत्र २०७८, बुधबार १६:०९ प्रकाशित