एमालेसँग एक्लै भिड्ने कसैले कहिल्यै नसोचे हुन्छः ओली

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लै लड्ने कसैले कहिल्यै सोच्न नसक्ने बताएका छन् ।

एमाले झनझन शक्तिशाली बन्दै गएको भन्दै अब नेपालमा कुनै पनि पार्टीले एमालेसँग एक्लै भिड्ने सोच्नसम्म नसक्ने बताए। सरकारमा रहेका दलहरूले त्यही सोचेर एमालेविरुद्ध गठबन्धन बनाउने अवस्थामा पुगेको उनको दाबी छ ।

व्यवसायी एवं एमाले नेता दुर्गा प्रसाईंले सूर्यविनायकमा सुरू गरेको तरकारी बजार उद्घाटन गर्दै ओलीले भने, ‘एक्लै एमालेसँग लड्ने कुरा अब नेपालका कुनै पनि पार्टीले नचिताए हुन्छ । सोच्दै नसोचे हुन्छ । त्यसकारण गठबन्धन गर्न जरुरी छ । उहाँहरूले बुझेको यतिसम्म जरुरी छ । गठबन्धन नगरी एमालेसँग लड्न सकिन्न भनेर यतिसम्म बुझेको ठीक छ । गठबन्धन गर्नैपर्छ उहाँहरूले ।’

  • १६ चैत्र २०७८, बुधबार १४:२३ प्रकाशित