दुर्गा प्रसाईंको २ अर्बको तरकारी बजार ओलीद्धारा उद्घाटन

केन्द्रभाग मिडिया

काठमाडौं ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भक्तपुरको सूर्यविनायकस्थित सिपाडोलमा होलसेल तरकारी बजार सञ्चालनमा ल्याएका छन् । २ अर्ब लगानीमा खोलिएको उक्त तरकारी बजारको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बिहान उद्घाटन गरेका छन् ।

एमाले केन्द्रीय सदस्यसमेत रहेका प्रसाईले ‘सूर्यविनायक हरित कृषि थोक बजार’ सञ्चालनमा ल्याएका हुन् । उक्त तरकारी बजारको उद्घाटनमा जाँदा ओलीलाई नेता महेश बस्नेतको टोलीले मोटरसाइकलमार्फत स्कर्टिङ गरेर पुर्याएको हो ।

देशकै ठूलो भनेर दाबी गरिएको तरकारी बजार ३५ रोपनी क्षेत्रफलमा फैलिएको छ । बजारभित्र साढे सात सय स्टल रहेको बताइएको छ ।

  • १६ चैत्र २०७८, बुधबार १३:५९ प्रकाशित