प्रचण्डले चितवन पुगेर भने,‘ मेयरमा हाम्रो दाबी कायमै छ’

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुर महानगरपालिकाको मेयरमा आफ्नो पार्टीको दाबी कायमै रहेको बताएका छन् ।

नेपाली काँग्रेसले यसपाली पनि भरतपुरको मेयरमा माओवादी उठे सहयोग नगर्ने बताइरहँदा प्रचण्डले भने यस पाली पनि मेयर आफुहरुको दाबी रहेको बताएका हुन् ।

आज चिवन पुगेका प्रचण्डले पत्रकारहरुसँग कुरा गर्दै भनेका छन्,‘भरतपुर चितवनमा हाम्रो दाबी छँदैछ । चुनावी तालमेल गरेर अघि बढ्छौ ।’

प्रचण्डले महानगरपालिका र उपमहानगरपालिकामा सकेसम्म केन्द्रबाट तालमेल गर्ने भन्ने विषयमा सत्ता गठबन्धनमा छलफल भइरहेको जानकारी दिए । त्यसका लागि बिहीबार गठबन्धनको बैठक बोलाइएको जानकारी पनि उनले दिए ।

  • १६ चैत्र २०७८, बुधबार १३:३० प्रकाशित