लोसपाको बैठक बस्दै, सरकारमा जाने/नजाने विषय टुङ्गो लाग्ला ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।

पार्टी कार्यालय बबरमहलमा बस्न लागेको बैठकमा स्थानीय तहको चुनाव, संगठन निर्माण, सरकारमा सहभागी लगायतका विषयमा छलफल हुने पार्टीले बताएको छ ।

स्थानीय तहको चुनावमा उम्मेदवार छनौटको मापदण्डदेखि दिएर घोषणापत्र तयारीलगायत संगठन विस्तार, केन्द्रीय समितिको गठनलगायतको विषयमा छलफल हुने बताउँदै उनले वर्तमान सरकारमा लोसपा सहभागी हुने नहुने विषयमा पनि छलफल हुन सक्ने बताए ।

लोसपाका २८ जना कार्यकारिणी सदस्य छन् । त्यसको विस्तार गर्ने विषयमा पनि छलफल हुने बताइएको छ ।

  • १६ चैत्र २०७८, बुधबार १३:०४ प्रकाशित