टी–२० सिरिज : पीएनजीलाई हराउँदै नेपालको विजयी सुरुवात

केन्द्रभाग मिडिया

काठमाडौं ।

घरेलु मैदानमा भएको खेलमा पीएनजीलाई हराउँदै नेपालले विजयी सुरुवात गरेको छ ।

त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज भएको उद्घाटन खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई हराउँदै नेपाल विजयी भएको हो ।टस हारेर ब्याटींगको निम्तो पाएको नेपालले निर्धारित २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १८३ रन जोडेको थियो।

सो लक्ष्य पन्छयाउने क्रममा पीएनजी १९.२ ओभरमा अल आउट हुँदै १६८ रन मात्र जोड्न सक्यो।

  • १४ चैत्र २०७८, सोमबार १६:१३ प्रकाशित