‘हामीलाई घेरा हालेर सक्न खोजेका छन्, तर घेरा तोडेर विजयी हुन्छौँ’ :प्रचण्ड

केन्द्रभाग मिडिया

File photo

रोल्पा ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई घेरा हाल्न खोजेको बताएका छन् ।

आज रोल्पाको सदरमुकाम लिवाङ पुगेका प्रचण्डले घेरा हालेर सक्न खोजे पनि आफुहरु घेरा तोडेर विजय हुने बताएका छन् । उनले भने,‘अहिले पनि प्रतिक्रियावादीहरु राम्रो कुरा उल्ट्याउनका लागि लागि रहेका छन् ।

त्यसविरुद्ध हामी हतियारबिना लडिरहेका छौं । लडाइँ उस्तै छ । हामीलाई घेरा हालेर सक्न खोजेका छन्, हामी घेरा तोडेर विजय हुन खोजिरहेका छौं ।’

उनले रोल्पाकै बलमा आफूले सिंहदरबारमा लडिरहेको समेत बताए। ‘तपाईंहरुकै बलमा हामीले सिंहदरबारमा लड्ने हो ।’ प्रचण्डले भने

प्रचण्डले रोल्पा क्रान्तिका लागि मात्रै नभइ शान्तिपूर्ण रुपान्तरणका लागि पनि अब्बल रहेको बताए । रोल्पा ‘लालकिल्ला’ रहिराख्ने भन्दै प्रचण्डले रोल्पालीकै योगदानका कारण संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताए ।

  • १४ चैत्र २०७८, सोमबार १६:०४ प्रकाशित