निर्वाचनमा जाने अडानबाट पछि हटे विप्लव : पार्टी फुटबाट जोगियो

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेत्रविक्रम चन्द ‘विप्लव’ निर्वाचनमा जाने प्रस्तावबाट पछि हटेका छन् ।

नेकपाको जारी केन्द्रीय समिति बैठकमा महासचिव विप्लवको निर्वाचनमा जाने प्रस्तावमा बहुमत नजुटेपछि उनी उक्त प्रस्तावबाट पछि हटेका हुन्। पार्टी निर्वाचनमा नजाने तर स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दिने नेता कार्यकर्तालाई नरोक्ने निर्णय भएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

कपिलबस्तुमा नौ दिनदेखि जारी बैठकमा निर्वाचनमा सहभागी हुने प्रस्तावमा बहुमत जुटाउन महासचिव विप्लवले दुई दिनसम्म केन्द्रीय सदस्यसँग वान टू वान छलफल गरेका थिए । तर, निर्वाचनमा सहभागी हुने प्रस्तावमा पक्षमा बहुमत जुटाउन नसकेपछि विप्लवपछि हट्दै मध्यमार्गी बाटो अपनाएका छन् ।

विप्लव आफ्नो प्रस्तावबाट पछि हटेसँगै नेकपा फुट्नबाट जोगिएको छ । यसअघि विप्लवले चुनाव जाने अडान लिएपछि पार्टीभित्र मत विभाजित भएको थियो ।

आइबार दिउँसो बसेको बैठकमा विप्लवले जवाफ दिँदै पार्टी चुनावमा नजाने, जनमत संग्रहको नारालाई लिएर जनतामा जाने तर स्थानीय स्तरमा नेता कार्यकर्तालाई स्वातन्त्र उम्मेदवारी दिन भने नरोक्ने जवाफ दिएका थिए ।

  • १४ चैत्र २०७८, सोमबार १५:१४ प्रकाशित