सत्ता गठबन्धनका जनप्रतिनिधि एमालेमा प्रवेश

केन्द्रभाग मिडिया

काठमाडौं ।

महोत्तरीका विभिन्न स्थानीय तहमा विभिन्न पार्टीबाट निर्वाचित जनप्रतिनिधि पार्टी परित्याग गरि एमाले प्रवेश गरेको छ ।

कांग्रेस, माओवादी र लोसपा परित्याग गरी प्रमुख, उपप्रमुख र वडाध्यक्षहरू एमालेमा प्रवेश गरेका हुन्। उनीहरु एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर एमालेमा प्रवेश गरेका हुन् ।

सोमबार बिहान बालकोट पुगेका उनीहरूलाई अध्यक्ष ओली खादा लगाएर पार्टीमा स्वागत गरे । प्रवेश गर्नेमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित महोत्तरीको साम्सी गाउँपालिकाका अध्यक्ष शेख फारुख , लोसपाबाट निर्वाचित जलेश्वर नगरपालिकाकी उपमेयर मनचुनीदेवी,रामगोपालपुर नगरपालिकाका कांग्रेसबाट निर्वाचित वडाध्यक्ष उमेश महतो, वडा नम्बर ३ का वडाध्यक्ष जयनारायण मण्डल, वडा नम्बर ८ का वडाध्यक्ष रामविलास मण्डल रहेका छन् ।

प्रवेश गर्नेमा लोहारपट्टी नगरपालिका वडा नम्बर ८ का कांग्रेसबाट निर्वाचित वडाध्यक्ष रामबाबु यादवसमेत छन् । त्यस्तै लोसपाका महोत्तरी जिल्ला सदस्य विश्वेश्वर महतो, नेकपा एकीकृत समाजवादीका बारा जिल्ला अध्यक्ष राम यादव र रौतहट जिल्ला सदस्य रामविनोद साहसमेत रहेको एमालेले जनाएको छ ।

  • १४ चैत्र २०७८, सोमबार १४:१९ प्रकाशित