आज पीएनजीसँग भिड्दै नेपाल

केन्द्रभाग मिडिया

काठमाडौं ।

त्रिकोणात्मक टी-२० सिरिजको उद्घाटन खेलमा आज नेपालले पपुवा न्युगिनी(पीएनजी) सँग प्रतिष्पर्धा गर्दैछ । यसअघि घेरेलु मैदानमा पीएनजीसँग एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजको दुवै खेलमा हार बेहोरेको नेपाल आज जित्ने लक्ष्यसहित मैदानमा उत्रने भएको छ।

खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो १२स्३० बजे देखि सुरु हुने भएको छ ।पीएनजीले पछिल्लो ६ टी–२० खेलमा जित निकाल्न सकेको छैन भने नेपाल पछिल्लो ५ खेलमा ४ मा जित निकालेको छ।

  • १४ चैत्र २०७८, सोमबार १०:२६ प्रकाशित