शेखर निकट तरुण र विद्यार्थीको अलग्गै बैठक बस्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला निकट तरुण र विद्यार्थी नेताहरुको आज अलग्गै बैठक बस्दै छ ।

पार्टी सभापति शेरबहादुर देउवाले तरुण दल र नेविसंघमा एकलौटी नियुक्त गरेको भन्दै असन्तुष्ट कोइराला पक्षले छुट्टै बैठक बोलाएको हो । बैठक काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्ने भएको छ ।

दिउँसो १ बजे बस्ने बैठकमा संघर्षलाई कसरी अघि बढाउने भनेर छलफल गर्ने बताइएको छ । कोइराला पक्षमा समानान्तर गतिविधि गर्ने विषयमा बहस हुँदै आएको छ ।

  • १४ चैत्र २०७८, सोमबार ०९:५८ प्रकाशित