आज रोल्पा जादैँ प्रचण्ड

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज रोल्पा जाँदैछन् । प्रचण्डले युद्ध पर्यटनलाई टेवा पुर्याउनेगरी रोल्पा नगरपालिकाले निर्माण गरेको जनयुद्ध स्मृति टावरको उद्घाटन गर्ने बताइएको छ।

टावरमा माओवादी १० वर्षे सशस्त्र विद्रोहको क्रममा सहादत प्राप्त गरेका एक हजार बढी सहिदको नाम राखिएको छ । कतिपयको शालिक पनि राखिएको छ ।

करिब ६ करोडमा निर्माण सम्पन्न टावरको उद्घाटनपछि प्रचण्डले पार्टीले लिबाङको टुँडिखेलमा आयोजना गर्ने आमसभालाई सम्बोधन गर्नेछन् ।

  • १४ चैत्र २०७८, सोमबार ०९:३८ प्रकाशित