काठमाडौं ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अधिकांश केन्द्रीय सदस्यहरूको धारणा चुनावी गठबन्धनको पक्षमा आएको बताएका छन् ।जारी केन्द्रीय कार्य समिति बैठक पौडेलले सो कुरा बताएका हुन् ।
नेता पौडेलले गठबन्धनबारे केन्द्रीय समितिले नीतिगत निर्णय लिने जानकारी दिए । उनका अनुसार कुन स्थानीय तह कसले लिने भन्न निर्णय भने पछि नै हुनेछ ।
पौडेलले भने– धेरै केन्द्रीय सदस्यहरूको धारणा तालमेलको पक्षमा आएको छ। कहाँ कहाँ लिने, कहाँ कहाँ छाड्ने भन्ने त पछि सल्लाह हुन्छ । यो बैठकले चुनाव बारे सैद्धान्तिक निर्णय गर्छ ।’
पौडेल शुरुदेखिनै चुनावी गठबन्धनको पक्षमा छन् ।