प्रचण्ड र गृहमन्त्री खाँणबीच भेट : यी तीन विषयमा छलफल

केन्द्रभाग मिडिया

काठमाडौं ।

गृहमन्त्री बालकृष्ण खाँण नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न पुगेका छन् ।

खाण मुख्य तीन विषयमा छलफल गर्न आइतबार बिहान प्रचण्ड निवास खुमलटार पुगेको गृहमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार समसामयिक राजनीतिक विषय, स्थानीय निर्वाचन र शान्ति सुरक्षाको वर्तमान अवस्थाबारे कुराकानी भएको थियो ।

सरकारले ३० वैशाखका लागि स्थानीय तह निर्वाचनको मिति निर्धारण गरेको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा गृहमन्त्री खाणले सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटेका हुन् । स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन चुनावी तालमेल गर्ने विषयमा कुराकानी भइरहेको छ ।

  • १३ चैत्र २०७८, आईतवार १३:१० प्रकाशित