माधवको आरोप : भने,ओलीले बालुवाटारमा ‘बंकर’ बनाएर संसद विघटनको सेटिङ गर्थे’

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री छँदा बालुवाटारमा बंकर बनाएर सेटिङ गर्ने गरेको आरोप लगाएका छन् ।

आइतबार बिहान समाजवादी प्रेस संगठन नेपालको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओली प्रधानमन्त्री भएका बेला बालुवाटारमा बंकर बनाएर प्रतिनिधि सभा विघटनलगायत जाल बुनेको आरोप लगाएका हुन्।

बंकरमार्फत राष्ट्रपति, प्रधानसेनापति र प्रधानन्यायाधीशसँग बारम्बार भेट्दै असंवैधानिक कदम चाल्न षड्यन्त्र गरेको अध्यक्ष नेपालको आरोप छ।

बालुवाटारमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासँग हप्तामा दुई दिन भेटेर स्थानीय चुनावमा कुन–कुन न्यायाधीशलाई कहाँ कहाँ खटाउनेदेखि प्रहरीका मान्छेलाई बोलाएर कुन प्रहरीलाई कहाँ खटाउने सबै वर्कआउट भइसकेको नेपालले आरोप लगाए।

  • १३ चैत्र २०७८, आईतवार १२:३० प्रकाशित