एमाले स्थायी कमिटी बैठक बस्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ। बैठक (आइतबार) आजदिउँसो ३ बजे महाराजगञ्जस्थित रोयल दरबार रेष्टे एण्ड भेन्युमा बस्न लागेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

बैठक आगामी वैशाख ३० गते हुने स्थानीय तह चुनावका बारे छलफल हुने बताइएको छ। आजको बैठकले हालै सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पारित निर्णयबारे ठोस कार्ययोजना बनाएर पार्टी पङ्क्तिलाई निर्वाचनमा परिचालन गर्ने योजना तय गर्नेछ ।

  • १३ चैत्र २०७८, आईतवार १०:२२ प्रकाशित