चैत मसान्तभित्र उम्मेदवार सिफारिस गर्न ओलीको निर्देशन

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीले चैत मसान्तभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएका छन् ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि चैत मसान्तभित्र उम्मेदवारहरुकोे सिफारिस गरिसक्न मातहतका पार्टी कमिटीहरूलाई ओलीले निर्देशन दिएा हुन्।

बिहीबारको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले यस्तो निर्देशन दिएका हुन् । यसअघि एमालेले स्थानीय तहका उम्मेदवार छनोट गर्न छ मापदण्ड तय गरेको छ ।

बुधबारबाट सुरु भएको एमाले केन्द्रीय कमिटी बैठक अध्यक्ष ओलीको प्रतिवेदन पारित र निर्वाचन केन्द्रीत रणनीति बनाउँदै बिहीबार सकिदैछ ।

  • १० चैत्र २०७८, बिहीबार १६:४८ प्रकाशित