भारत भ्रमणमा जाँदै प्रधानमन्त्री देउवा

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवा चैत्र तेस्रो साता भारत भ्रमणमा जाने भएका छन् ।

प्रधानमन्त्री देउवाले चैत्र १८ देखि २० गतेसम्म भारत भ्रमण गर्ने भएका हुन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा त्यसतर्फ जान लागेका हुन् ।

प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको छ । आज बिहीबार साँझसम्म देउवाको भ्रमणबारे औपचारिक निर्णय हुने बताइएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले संयुक्तरुपमा जनकपुर–जयनगर रेल सेवा शुभारम्भ गर्ने तयारी छ ।

देउवा भारत जानुअघि चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी तीन दिने भ्रमणका लागि नेपाल आउँदैछन् ।

  • १० चैत्र २०७८, बिहीबार १६:२३ प्रकाशित