रामचन्द्रले बोलाए आफु निकट जिल्ला सभापतिको बैठक

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफु निकट जिल्ला सभापतिहरुको बैठक बोलाएका छन् ।

आसन्न निर्वाचनमा पार्टीले लिनुपर्ने रणनीतिबारे छलफल गर्न पौडेलले जिल्ला सभापतिहरूको बैठक बोलाएका हुन् ।शुक्रबार बिहान बोलाइएको छलफलमा महाधिवेशनपछिको अवस्था, स्थानीय निर्वाचन र सम्भावित तालमेलबारे छलफल हुने बताइएको छ ।

कांग्रेस केन्द्रीय समितिको बैठक पनि भोलि शुक्रबार बस्दैछ । १४ औं महाधिवेशनमा संस्थापनइतर समूहबाट सभापतिको उम्मेदवार बन्न नसकेपछि पौडेल तटस्थ रहेका थिए ।

  • १० चैत्र २०७८, बिहीबार १६:०९ प्रकाशित