सीके राउतको पार्टी पहिलो पटक चुनाव लड्दै : यस्ता छन् चुनावी एजेण्डा

केन्द्रभाग मिडिया

काठमाडौं ।

डा.सीके राउत नेतृत्वको पार्टी जनमतले पहिलो पटक चुनाव लड्ने भएको छ।

स्थानीय तहको निर्वाचन आउन अब ४९ दिन मात्रै बाँकी रहँदा जनमत पार्टीका नेता कार्यकर्ता जनतामाझ पुग्न थालेका छन् । पार्टी महासचिव चन्दन सिंहले जनमत पार्टीले मधेस प्रदेश सहित ३२ जिल्लामा निर्वाचनमा सहभागी हुने जानकारी दिएका छन् ।

पहिलोपटक चुनावमा भाग लिन लागेको डा। सीके राउत नेतृत्वको जनमत पार्टीले पनि चुनाव केन्द्रित गतिविधि सुरु गरिसकेको छ । जनमतले स्थानीय तहको निर्वाचनको क्रममा निर्वाचनबाट जनताको राज ल्याउने, भ्रष्टाचारको अन्त्य गर्ने र १० लाख बेरोजगारलाई रोजगारी दिनेलगायतका योजनालाई अघि सारेको छ ।

जनमत पार्टीले निर्वाचन आयोगबाट पार्टीले माग गरेअनुसार हर्न छाप पाउने भएको बताइएको छ।

  • १० चैत्र २०७८, बिहीबार १४:३४ प्रकाशित