जनताको मन जित्नु अहिलेको आवश्यकता : देउवा

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको मन जित्नु नै अहिलेको आवश्यकता भएको बताएका छन् ।

देश दौडाहामा रहेका देउवा स्याङ्जामा आयोजित एक कार्यक्रममा बोल्दै स्थानीय सरकार पारदर्शी र जनउत्तरदायी भएर जनताको मन जित्ने गरी अगाडि बढ्नुपर्ने बताए ।

स्याङ्जाको चापाकोट नगरपालिका–९ सुन्तलीटारमा नवनिर्मित चापाकोट नगरपालिकाको प्रशासकीय भवनको आज उद्घाटन गर्दै देउवाले स्थानीय सरकार जनतासँग प्रत्यक्ष जोडिने भएकाले यसका काम कारबाहीलाई पारदर्शी बनाई जनउत्तरदायी सरकारको रूपमा अगाडि बढाउनुपर्ने बताएका हुन् ।

‘स्थानीय सरकार जनतासँग प्रत्यक्ष जोडिने सरकार भएकाले यसका काम कारबाही पारदर्शी र जनउत्तरदायी हुनुपर्छ’, प्रधानमन्त्री देउवाले भने, स्थानीय सरकारले जनताको मन जित्ने गरी काम गर्नु अहिलेको आवश्यकता पनि हो ।’

  • १० चैत्र २०७८, बिहीबार १३:२४ प्रकाशित