चितवन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा काँग्रेससँग केन्द्रबाटै गठबन्धन हुने बताएका छन् ।
गृह जिल्ला चितवन पुगेका प्रचण्डले पत्रकारसँग कुरा गर्दै तीनै तहको निर्वाचनमा नेपाली कांग्रेससँग केन्द्रबाटै गठबन्धन हुने बताएका हुन् ।
प्रचण्डले चितवनका नेता कार्यकर्ताले भनेर नहुने भन्दै केन्द्रबाटै गठबन्धन हुने बताएका हुन् । उनले भने, ‘चितवन कांग्रेसले भनेर केहि हुँदैन ।, केन्द्रबाटै गठबन्धन हुन्छ ।’प्रचण्डको निर्वाचन क्षेत्र माडीका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुन प्रचण्ड आज चितवन आएका हुन् । प्रचण्ड शुक्रबार मात्रै काठमाडौं फर्किने छन् ।