वडादेखि केन्द्रसम्म खटिन ओलीको निर्देशनः को कहाँ खटिदैँछन् ? (सूचीसहित)

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

स्थानीय चुनावकाका लागि वडादेखि केन्द्रसम्म एमाले नेता कार्यकर्ता तथा केन्द्रिय सदस्यलाई खटिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।

पार्टी केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले को कहाँ खटिने भन्ने किटान गरेरै तोकेका छन् । जस अनुसार भूगोलबाहेक गैर भौगोलिक कार्यक्षेत्र भएका सबै केन्द्रीय सदस्यहरु आफू सम्बद्ध जिल्लामा निर्वाचनमा केन्द्रित हुनुपर्नेछ ।

निर्वाचन परिचालनका लागि पालिका र वडास्तरमा तत्काल निर्वाचन परिचालन तथा प्रचार कार्यालय स्थापना गर्न ओलीले निर्देशन दिएका छन् ।

कुन सदस्य कहाँ खटिन्छन् ?

केन्द्रीय कमिटी सदस्य – जिल्लामा
प्रदेश कमिटी सदस्य – पालिकामा
जिल्ला कमिटी सदस्य – वडामा
वडा कमिटी सदस्य – टोल टोलमा
टोल कमिटी सदस्य – घर धुरीहरुमा
सम्पर्क मन्च सदस्य – पालिकामा

  • ९ चैत्र २०७८, बुधबार १६:३९ प्रकाशित