लालबाबुले गठबन्धनलाई दिए भुसुनाको संज्ञा

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले ५ दलीय गठबन्धनलाई भुसुनाको संज्ञा दिएका छन् । जारी केन्द्रीय कमिटी बैठकस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पण्डितले ५ दलीय गठबन्धनमा रहेका राजनीतिक दलहरूलाई भुसुनाको संज्ञा दिएका हुन् ।

‘भुसुनाले अलिअलि दुःख दिन्छन्, तर उनीहरुका पछाडि लाग्नुपर्ने एमालेलाई आवश्यकता छैन । हामी जनतामाझ जान्छौ, अधुरो सपना पुरा गर्ने प्रयास गर्छौ । सपनाहरु व्यवहारमा उतार्न समय लाग्छ’, पण्डितको भनाइ छ ।

उनले विगतको १० वर्ष र त्यो भन्दा बढि समयमा अरु सरकारले गरेका काम र एमालेले ७४ पछि गरेका कामको तुलना गर्दा एमालेकै पालमा बढि भएको दावी गरे ।

  • ९ चैत्र २०७८, बुधबार १६:२४ प्रकाशित