चुनाव केन्द्रित एप ल्याउँदै एमाले

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेले स्थानीय चुनावलाई लक्षित गरी मोबाइल एप ल्याउने भएको छ ।

एमालेको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले भोलि उक्त एप सार्वजनिक हुने जानकारी दिए ।‘चुनावी प्रचारलाई प्रविधियुक्त बनाउनका लागि एमालेले सीपिएन यूएमएल ल्याउने छ’, अध्यक्ष ओलीले भने ।

प्रचारलाई व्यवस्थित र सबैलाई एमालेको नीतिबारे जानकारी दिन मोबाइल एप प्रभावकारी हुने ओलीले बताए । नवौं महाधिवेशनमा ८ लाख ५५ हजार संगठित सदस्य भएको र त्यो संख्या बढेर अहिले ११ लाख पुगेको पनि ओलीले जानकारी दिए ।

  • ९ चैत्र २०७८, बुधबार १५:५२ प्रकाशित