ओलीले भने,‘ चुनाव जनादेश र परमादेशबीचको जनमत संग्रह हो’

केन्द्रभाग मिडिया

File Photo

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदै गरेको चुनाव जनादेश र परमादेशबीचको जनमत संग्रह भएको बताएका छन् ।

पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकमा आज (बुधबार)राजनीतिक प्रतिवेदन पेश गर्दै ओलीले यो चुनाव सहज अवस्थानमा नभइरहेको बताएका हुन् । उनले अबको निर्वाचन राष्ट्रिय स्वाभिमानका पक्षधर र बाह्य शक्तिहरुका लागि कम्फर्टेबलहरुका बीचमा प्रतिस्पर्धा हुने बताएका हुन् ।

‘यो निर्वाचन सामान्य, नियमित र सहज अवस्थामा हुँदै छैन, यो त जनादेश र परमादेशबीचको जनमत संग्रहका रुपमा हुँदैछ , राष्ट्रिय स्वाभिमानका पक्षधर र बाह्य शक्तिहरुका लागि कम्फर्टेबलहरुका बीचमा हुँदैछ । राजनीतिक स्थायित्वका पक्षधर र अस्थिरताका संवाहकहरुबीच हुँदैछ’ उनले प्रतिवेदनमा भनेका छन् ।

  • ९ चैत्र २०७८, बुधबार १५:३८ प्रकाशित