यू–१८ महिला च्याम्पियनसिप फुटबलः आज नेपाल–बंगलादेश भिड्दैँ

केन्द्रभाग मिडिया

काठमाडौं ।

साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा आज बुधबार नेपाल र बंगलादेश भिड्ने भएका छन् । जमसेदपुरमा नेपाल र बंगलादेशबीचको खेल बेलुका ७ः१५ बजे सुरु हुनेछ ।

भारतमा जारी प्रतियोगिताको अन्तिम खेलमा नेपालले बंगलादेशको सामना गर्न लागेको हो । नेपाल आजको खेलमा बंगलादेशमाथि जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्ने योजनामा छ ।

तर, बलियो टोली बंगलादेशमाथि नेपाललाई जित निकाल्न सहज भने छैन । यसअघिको खेलमा नेपाल बंगलादेशसँग ४–२ गोलले पराजित भएको थियो । च्याम्पियनसिपमा नेपालले अङ्क जोड्न सकेको छैन । ३ खेलमा अङ्क विहीन नेपाल पुछारमा छ ।

नेपालको आजको जित या हारले प्रतियोगिताको उपाधि होडमा केही फरक पार्ने छैन । डबल राउण्ड रोबिनको आधारमा जारी च्याम्पियनसिपको शीर्ष टोलीले उपाधि जित्नेछ । ​

  • ९ चैत्र २०७८, बुधबार १०:२४ प्रकाशित