इजरायलको सपिङ सेन्टरमा हमला, चारजनाको मृत्‍यु

केन्द्रभाग मिडिया

काठमाडौं ।

इजरायलको बियरशेव सहरस्थित एक सपिङ सेन्टरमा आक्रमणकारीले हमला गरेका छन् ।

सपिङ सेन्टरभित्रै भएको हमलामा चारजना इजरायलीको मृत्‍यु भएको छ । सपिङ सेन्टर भित्र धारिलो हतियार लिएर छिरेका एक आक्रमणकारीले हतियार चलाउँदा तीनजना र आक्रमणकारीले चलाएको सवारीसाधनको ठक्करबाट एकजना गरी चारजनाको घटनास्थलमै मृत्‍यु भएको बिबिसीले जनाएको छ ।

आक्रमण गरी भाग्ने क्रममा स्थानीय एक ट्रक चालकले आक्रमणकारीलाई बन्दुक प्रहार गर्दा आक्रमणकारीको पनि मृत्‍यु भएको छ । इजरायलको आन्तरिक सुरक्षा एजेन्सीले जानाकारी गराएअनुसार आक्रमण मुहम्मद गालेब अहमद अबू अल्कियानले गरेका थिए ।

अल्कियानले यसअघि आतंकवादी संगठन आईएसलाई सहयोग गरेको अभियोगमा सन् २०१५ देखि २०१९ सम्म जेल सजाय भोगिसकेका छन् । सन् २०१९ यता उनी घटनास्थलभन्दा लगभग १२ किलोमिटर रहेको एक हाईस्कुलमा शिक्षकको रुपमा कार्यरत थिए ।

  • ९ चैत्र २०७८, बुधबार ०९:०२ प्रकाशित